प्रियंका ,कट्रिना ,दिपिका …संग प्रतिष्पर्धा गर्दै नेपाली मोडल आस्था


नेपाली मोडल आस्था पोख्रेल अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने नेपालका मोडलहरुभित्रकी सुन्दर मोडलमा पर्ने गर्छिन |उनले पछिल्लो समय भारतीय अभिनेत्री अर्थात् बलिउड अभिनेत्रीसंग प्रतिस्पर्ध गर्दैछिन त्यो पनि अहिलेका चल्तीमा रहेका अभिनेत्रिहरुसंग |
aastha
बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै अब्बल सावित हुँदै आएकी नेपाली सुन्दरी आस्था पोखरेल यतिबेला बलिउड अभिनेतृहरुसँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।भारतीय सुपर मोडल हन्ट ‘किगफिसर सुपर मोडल-२’ को उपाधि जितेकी नेपाली मोडल आस्था पोखरेल ‘टाईम्स मोष्ट डिजारेवल वोमल २०१४‘ को प्रतिस्पर्धामा छिन् ।उनले यो प्रतिष्पर्धामा अहिलेका चलेका नायिकाहरु प्रियंका चोपडा ,कट्रिना कैफ ,दिपिका पादुकोण,बिपासा  बसु ,अनुष्का शर्मा ,मल्लिक सेरावत ,पुनम पाण्डे,गितान्जली थापा संग प्रतिष्पर्धा गर्नेछिन् |अनलाइनमा गरेको भोटको आधारमा यो बर्षको मस्ट डिजायरेवल विमनको उपाधि छनौट गरिने छ |
उनले आफ्नो फेसबुकबाट पनि भोटको अपिल गरेकी छन |उनले तपाइको सहयोगले म बिजेता बन्न सक्छु भन्दै आफुलाई भोट गर्न अनुरोध गरेकी हुन् |
आस्थालाई भोट गर्न प्रतियोगिताको पेजमा गएर उनको नामको मुनी रहेको लाइक बटन थिच्नुपर्ने छ ।नर्सिङकी विद्यार्थी समेत रहेकी आस्था किंगफिसर क्यालेण्डरमा देखिने पहिलो नेपाली मोडल हुन् ।






प्रतिक्रिया दिनुहोस्...