विमान हराएको १० महिनापछि दुर्घटना भएको घोषणा



Relatives
बिमानमा बेपत्ता भएका आफन्तको फोटो देखाउदै एक महिला । तस्विर : रोयटर्स
माघ १६ - मलेसियाली सरकारले औपचारीक रुपमा जहाज एमएच३७० दुर्घटना भएको बताउदै सबै यात्रुको मृत्यु भएको घोषणा गरेको छ । २०१४ को मार्च ८ देखि हराएको बिमानको कुनै अवशेष पत्ता लागेको छैन् । यो मलेसियाबाट बेइजिङ हिंडेको थियो ।
अधिारीहरुले विमानको खोजी कार्य जारी भए पनि बिमानमा रहेका दुई सय ३९ जनाको मृत्यु भएको घोषणा गरेका छन् ।
दक्षिणी हिन्द महासागरमा झरेको आशंकामा विमानको व्यापक खोजी गरिए तापनि कुनै तथ्य फेला पर्न सकेको छैन् ।
सरकारको औपचारीक घोषणापछि पीडित परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया सुरु हुनेछ ।
मलेसियाली उड्ययन प्राधिकरणका महानिर्देशक अजहरुद्दिन अब्दुल रहमानले भने,'धेरै दुःखका साथ भन्नुपर्छ उक्त विमान दुर्घटना भएको थियो ।'
'बिमानमा सवार २३९ जना मृत्यु भएको अनुमान गरिएको छ', उनले भने ।
घोषणासँगै चिनियाँ विदेश मन्त्रालयले पीडित परिवारलाई क्षतिपूर्ति दिन मलेसियाली सरकारलाई आग्रह गरेको छ । बिमानका अधिकांश चिनियाँ नागरिक सवार थिए ।
मलेसियाली एयरलाईन्सले सरकारी घोषणापछि अब क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने जनाएको छ ।
तर, चिनका केही आफन्त मलेसयाली सरकारको घोषणा स्वीकार गर्न तयार छैनन् ।
'खोजी गर्दा केही प्रमाण भेटिएको छैन्', लि जीङजीङ, जसको भाइ हराइरहेका छन्, ले भने,'केही प्रमाण नभेटी उनीहरुले कसरी घोषणा गर्न सक्छन् ?'
उनले एयरलाईन्सले दिने क्षतिपूर्ति अस्वीकार गर्ने बताए ।




प्रतिक्रिया दिनुहोस्...