चर्चित नृत्याङ्गाना पार्वती मलेसिया आँउदै


प्रदिप राई,क्वालालम्पूर मलेसिया – चाइनिज नवबर्षको उपलक्षमा यो वर्ष चर्चित नृत्याङ्गाना तथा नायिका पार्वती मलेसिया आँउदैछिन् ।हरेक बर्ष मदेसियामा भइरहरने फ्रेन्डसिप धमका कार्यक्रममा यो पटकको फ्रेन्डसिप धमका चार मच्याउन चर्चित नृत्याङ्गाना मोडल तथा नायिका पार्वती राई मलेसिया आँउदैछिन् ।

पुराना श्रष्टालाई सम्मान र नयाँ पुस्तालार्ई प्रोत्साहन दिने उद्धेश्यका साथ हुने उक्त साँगितिक कार्यक्रममा नेपालका विभिन्न बिधाका ख्याती प्राप्त कलाकारहरु सहित चर्चित नृत्याङ्गाना मोडल तथा नायिका पार्वती राई यो पटक मलेसियामा भरपूर दर्शकलाई मनोरन्जन दिने भएका छन् फरवरी १९ बाट २२ गते २०१५ (फाल्गुन ७—११) सम्म हुने उक्त बिशाल साँगीतीक कार्यक्रममा नायिका पार्वती राई मलेसिया आउने कार्यक्रम सँयोजक कृष्ण पुलामीले जानकारी दिए । राजधानी क्वालालम्पुर बाहेक नेपालीहरुको बाहुल्यता रहेको मुख्य–मुख्य शहरमा कार्यक्रम सञ्चालन गरिने आयोजक तथा धमाका सँयोजक पुलामीले बताउनु भयो ।संयोजकका अनुसार फरवरी १९ जोहरबारुको पासिगुराङ् २० तारिक पेनाङ् साथै क्रमश २१ तारिक मुहार र २२ तारिक बातुपाहातमा कार्यक्रम हुने आयेजकले बताएको छ ।




प्रतिक्रिया दिनुहोस्...