भाषा परीक्षा उत्तीर्ण सबैले जान पाउने भए कोरिया


सोल,पुस २८ – रोजगार अनुमति प्रणाली (र्इपिएस) भाषा परीक्षा पास गरी बसेका सबै नेपाली युवाहरु कोरिया आउन पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्म ६ हजार ४ सय ३१ नेपाली ल्याउने घोषणा गरेको छ । मन्त्रालयद्वारा प्रकाशित तालिकाअनुसार चाल्र वर्ष इपिएसमार्फत आउने १५ देशका कामदारमध्ये नेपाल तेस्रो प्राथमिकतामा छ । पहिलोमा कम्बोडियाली र दोस्रोमा इन्डोनेसियाली कामदार परेका छन् । कम्बोडियालाई ९ हजार १ सय ३० र इन्डोनेसियालाई ६ हजार ७ सय १२ जनाको कोटा छुट्याइएको छ । त्यस्तै भियतनामलाई ६,४०० ,थाइल्यान्डलाई ५,४९५ ,श्रीलंकालाई ४,२९४ छुट्याइएको छ । छुट्याइएका कोटामध्ये नेपाली कामदार सबैभन्दा बढी मे र सबैभन्दा कम सेप्टेम्बरमा आउनेछन् । जनवरीमा ५२२,फेब्रुअरीमा ३४८ ,मार्चमा एक हजार २ सय ७२ ,अप्रिलमा ८८१ ,मेमा १५५६,जुनमा ४८१,जुलाईमा २६०,अगस्टमा २६३,सेप्टेम्बरमा १५५ ,अक्टुबरमा १८७,नोभेम्बरमा १५१ र डिसेम्बरमा ३३७ नेपाली कोरिया आउने तय भएको छ । २०१४ का लागि निर्धारित ५३ हजार कोटामध्ये ५१ हजार २ सय ११ जनाको कम्पनीमार्फत श्रमसंम्झौता भइसकेको कोरियाका सञ्चारमाध्यमले जनाएका छन् । आजको कारोबार दैनिकमा खबर छ । कोरियाले यो वर्षका लागि ५५ हजार ४ सय १४ कोटा निर्धारण गरेको छ । इपिएस नेपालका अनुसार सन् २०१५ का लागि ३ हजार ६ सय ६३ ले भाषा परीक्षा उत्तीर्ण गरेका छन्, जसमा ३ हजार ४ सय ६३ पुरुष र २ सय महिला छन् । एकपटक भाषा परीक्षा उत्तीर्ण गर्नेहरु २ वर्षसम्म योग्य हुन्छन् । प्रस्तुत तालिकाअनुसार अघिल्लो वर्ष २०१३ मा भाषा परीक्षा उत्तीर्ण गरी २०१४ मा कोरिया आउन नपाएका २७ सय नेपाली पनि यो वर्ष आउन पाउने छन् । छुट्याइएका कोटामध्ये नेपाली कामदार सबैभन्दा बढी मे र सबैभन्दा कम सेप्टेम्बरमा आउनेछन् । जनवरीमा ५२२,फेब्रुअरीमा ३४८ ,मार्चमा एक हजार २ सय ७२ ,अप्रिलमा ८८१ ,मेमा १५५६,जुनमा ४८१,जुलाईमा २६०,अगस्टमा २६३,सेप्टेम्बरमा १५५ ,अक्टुबरमा १८७,नोभेम्बरमा १५१ र डिसेम्बरमा ३३७ नेपाली कोरिया आउने तय भएको छ । २०१४ का लागि निर्धारित ५३ हजार कोटामध्ये ५१ हजार २ सय ११ जनाको कम्पनीमार्फत श्रमसंम्झौता भइसकेको कोरियाका सञ्चारमाध्यमले जनाएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।




प्रतिक्रिया दिनुहोस्...