११ कक्षाको परीक्षाफल सार्वजनिक


फोटो :फाइल फोटो
काठमाडौं : उच्च माध्यमिक शिक्षा परिषद् भक्तपुरले ०७१ जेठमा सञ्चालित कक्षा ११ को परीक्षाको परीक्षाफल सोमबार प्रकाशित गरेको छ । 
 
परिषद्ले सार्वजनिक गरेको परीक्षाफल अनुसार नियमिततर्फ ४७.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ सहभागी २ लाख २५ हाजर ३ सय ७३ परीक्षार्थीमध्ये १ लाख ६ हजार ५ सय १७ जना विद्यार्थी उत्तीर्ण भएका उच्च माध्यमिक शिक्षा परिषद्की उपनियन्त्रणक जयन्ती छन्त्यालले अन्नपूर्णलाई जानकारी दिइन् । 

 
उच्च माध्यमिक शिक्षा परिषद्का अनुुसार आंशिक तर्फ ३३.१५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ सहभागी एक लाख ४१ हजार ५ सय ७० परीक्षार्थीमध्ये ४६ हजार ९ सय ३३ विद्यार्थी उत्तीर्ण भएका हुन् ।  






प्रतिक्रिया दिनुहोस्...