हवाई आक्रमणमा छजना मारिए


पाकिस्तानको उत्तरपश्चिमी वाजिरिस्तान क्षेत्रमा अमेरिकी सेनाको चालकरहित विमानले गरेको आक्रमणमा परी कम्तीमा पनि छजना मारिएका छन् ।
US-Drone-attacks-on-Pakistan
सो क्षेत्रमा सोमबार बिहान अमेरिकी सेनाको मानवरहित विमानले हमला गरेको थियो । सो हमलामा परी छजनाको ज्यान गएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । अमेरिकी मानवरहित विमानबाट त्यहाँ पटक–पटक हमला हुने गरेको छ ।
उत्तरी वाजिरिस्ताको सवाल भन्ने क्षेत्रमा ती विमानले दुईवटा शक्तिशाली क्षेप्यास्त्र फालेका थिए । सो क्षेप्यास्त्र लागेर ती व्यक्तिको ज्यान गएको थियो । अफगानिस्तानको सीमा क्षेत्रमा तालिवानहरु लुकेर बसेको सूचनाका आधारमा सो क्षेप्यास्त्र हमला गरिएको समाचारमा जनाइएको छ ।
अमेरिकी सेनाको सो विमानबाट भएको हमलामा तालिवान नै मारिएको भनिएको अमेरिकी सेनाले जनाएको छ भने त्यहाँ सर्वसाधारण मारिएको स्थानीय अधिकारीहरुले बताएका छन् । यसरी गरिने हवाई आक्रमणमा सर्वसाधारणमात्र मारिने गरेको पाकिस्तानी अधिकारीहरुले पनि बताउने गरेका छन् ।
सोही कारण यसरी हवाई हमला नगर्नु भनी पाकिस्तान सरकारले बारम्बार आग्रह गर्ने भनेको भनिएको भए पनि आक्रमण भने रोकिएको छैन ।






प्रतिक्रिया दिनुहोस्...