सभाध्यक्षले प्रश्नावली समितिको बैठक १७ गतेलाई डाके


सभाध्यक्षले प्रश्नावली समितिको बैठक १७ गतेलाई डाके काठमाडौं, माघ १२ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आइतबार गठित प्रश्नावली समितिको बैठक डाकेका छन् ।

समिति गठन गरी सहमतिका लागि ५ दिनको समय दिएका नेम्वाङले १७ गते दिउँसो १ बजेका लागि बैठक डाकेका हुन् । बैठकले समितिको कार्यविधिको टुंगो लगाउने जनाइएको छ । एकीकृत माओवादी नेतृत्वको विपक्षी गठबन्धनको अवरोधकाबीच आइतबार सभाध्यक्ष नेम्वाङले ७३ सदस्यीय समिति गठन गरेका थिए । संविधानसभाको दुई तिहाइभन्दा बढी मतले समिति गठन पारित भएको थियो । समितिमा सत्तापक्षबाट ४९ जना सदस्य रहेका छन् । विपक्षीहरुले भने समिति नै खारेजको माग गरका छन् । प्रश्नावली समितिले संविधानका विवादित विषयलाई समेटेर प्रतिवेदन तयार पारेपछि उक्त प्रतिवेदन मस्यौदा समितिमा पठाइने छ पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।




प्रतिक्रिया दिनुहोस्...