विपक्षी मोर्चाले अब सत्तापक्ष र सभाध्यक्षसँग वार्ता नगर्ने


काठमाडौं, माघ ११- एमाओवादी लगाएतका प्रतिपक्षी १९ दलीय  मोर्चाले सहमतिमा संविधान जारी गर्ने वातावरण नगरेसम्म कसैसँग वार्ता नगर्ने निर्णय गरेको छ।

संविधानसभामा विरोधका बाबजुत  संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउने प्रस्ताव निर्माण समिति गठनको घोषणा गरेपछि  आकश्मिक रुपमा सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा बसेको एमाओवादी नेतृत्वको मोर्चाको बैठकले सो निर्णय गरेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए।

बैठकपछि १९ दलीय मोर्चाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आजको दिनलाई 'कंलक'को संज्ञा दिँदै आज बेलुकाबाटै संविधानसभा अध्यक्षको प्रतिकारात्मक बिरोध गर्ने निर्णय भएको जनाए।

मोर्चाले सहमतिबाट संविधान जारी हुने अवस्था नआएसम्म सत्तापक्ष र संविधान सभा अध्यक्षसँग वार्ता नगर्ने तथा प्रक्रियाबाट जारी हुने संविधान नमान्ने निर्णय गरेको छ।

जनतासँग सल्लाह नगरी संविधानसभामा नजाने
 एमाओवादी नेतृत्वको मोर्चाले जनतासँग सल्लाह नगरि संविधानसभाको बैठकमा नजाने बताएको छ ।
अब संविधानसभा बैठकमा जानुहुन्छ कि जानुहुन्न भन्ने संवादाताको  प्रश्नमा प्रचण्डले भने,‘जनतासँग सल्लाह नगरी जाँदैनौं ।’
प्रचण्डले जनतासँग राय सल्लाहा नगरेसम्म संविधान सभा अध्यक्षले बोलाउने कार्यव्यवस्था परामर्श समितिको बैठक र संविधान सभामा समेत भाग नलिने  जानकारी दिए।

सभाध्यक्षको विरोधमा  देशव्यापी प्रदर्शन
प्रचण्ड मोर्चाले सभाध्यक्ष नेम्वाङले प्रश्नावली समिति गठन गरेको विरोधमा आइतबार साँझ देहव्यापी विरोध प्रर्दन गर्ने निर्णय गरेको छ । साथै थप आन्दालनेका लागि सोमबार ३० दलीय मोर्चाको बैठक बोलाइएको छ ।




प्रतिक्रिया दिनुहोस्...