धम्की पछि करिनाले बढाइन आफ्नो सुरक्षा


बलिउड अभिनेत्री करिना कपुरले आफ्नो निजी सुरक्षा बढाएकी छिन। ‘लव जेहाद’का कारण एउटा धार्मिक संगठनको निशानामा परेपछि उनले बान्द्रामा रहेको आफ्नो बंगलामा सुरक्षा बढाएकी छिन। यसका साथसाथै उनले दुई अगंरक्षक पनि भर्ती गरेकी छिन।

सुत्रले बताए अनुसार ‘लव जेहाद’को बहस सुरु भएपछि करिना आफ्नो सुरक्षाको निम्ति चिन्तित छिन। करिना निकट एक सुत्रका अनुसार उनले सुरक्षा सावधानीलाई ध्यानमा राख्दै अगंरक्षक भर्ती गरेकी हुन तर यसबारेमा उनले धेरै चिन्ता पनि गरेकी छैनन। दुई हप्ता पहिले हिमाञ्चलबाट प्रकाशित विश्व हिन्दु परिषद (विहिप)को मुखपत्र ‘हिमालय ध्वनि’ले आफ्नो सम्पादकियमा ‘लव जेहाद’ र ‘धर्मपरिवर्तनबाट राष्ट्रपरिवर्तन’लाई मुद्दा बनाएको थियो। विहिपले ‘लव जेहाद’को विरुद्दमा आफ्नो मुखपत्रको मुखपृष्ठमा आधा बुर्कामा करिनाको तस्विर छापेको थियो। त्यसपछि यसले वादविवादको रुप लिएको थियो।




प्रतिक्रिया दिनुहोस्...