सलमानले झण्डै कुटेनन् (तस्विर सहित)


बलिउड सुपरस्टार सलमान खानले राजस्थानमा हंगामा गरेका छन् । उनले आफ्नो कारसँगै बाइक उडाउने केटाहरुको ग्याङलाई झण्डै कुटेको भारतीय सञ्चार माध्यमले जनाएका छन ।
  
फिल्म शुटिङका लागि राजस्थान पुगेका सलमानले आफ्नो कारसँगसँगै बाइक कुँदाउने केटाहरुको समूहलाई कुट्न खोज्दा गाउँलेहरुले छुटाएका थिए ।

आफ्नो कारमा ठोक्काउने गरी कार कुँदाउने केटाहरुलाई सवक सिकाउन सलमान गाडीबाट झरेर सडकमा दौडिएका थिए । 'बजरंगी भाईजान' को शुटिङका क्रममा त्यहाँ पुगेका सलमानले आफ्नो पछि लाग्ने बाइकरहरुलाई कुट्न खोजेका हुन् ।

तस्विर र भिडियो खिच्नका लागि सलमानको गाडीको अघि पछि कुँद्ने बाइकरहरुलाई उनले कुट्न खोजेका थिए ।
  
सलमान कुट्न निस्किएपछि बाइकरहरु भने भागेका थिए । उनका सुरक्षाकर्मीहरु पनि निस्किएपछि गाउँलेहरुले सम्झाएर सलमानलाई पठाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्...