परदेशी – लघुकथा


ऊ आजभोलि आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ। मोबाइल अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले खाना मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ साथै पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको सुकिला चामल, रासायनिक मल र कीटनाशक औषधिले हुर्केका तरकारी, हलक्क बढ्ने हर्मोनको सुई लगाएर महिना दिनमै तयार भएका कुखुरा, जुत्ता टल्काउने रसायनले टिलिक्क टल्काएको तथा रातारात ज्यानमारा रसायनले पकाएका फलफूल, रङमा घोलेको दाल, कारखानाको दूध आदि खान्छ र ‘डाइट’ खाएको मस्त भ्रममा पर्दछ ।
 एक टुक्रा कपडाको मास्क किनेर उसले आफुलाइ प्रदूषणसँग लड्ने बस्त्र तथा दीर्घायु किनेको बुद्दिमानि ठान्छ । घामको ताप र हावाको स्पर्शलाई पङ्खा,ए.सि र हिटरसँग आफ्नो इच्छानुसार साटासाट गर्दछ । बोसो घटाउन ऊ विहान एक घण्टा दौडिन्छ तर कुनै देउरालीमा पुग्दैन नत गाँउनै परिक्रमा गरेकोहुन्छ मात्र कोठामा बसि मेसिनमा खुट्टा चलाउछँ। विहान एक मुठी र बेलुका एक मुठी राता, नीला, सेता, पहेँला, काला तथा मिश्रति रङ र रूपका चक्की र क्याप्सुलको ब्रेकफास्ट र डिनर गर्दछ अनि अरूलाई स्वस्थ रहन ‘यो खानु’, ‘त्यो नखानु’ यो ठिक त्यो बेठिक भनेर रामदेव जसरि उपदेश दिन्छ ।

 पत्र पत्रिका तथा टेलिभिजन,बाटो ,सपिंगमहलमा देखिने तरुनीहरूको राप र ताप मेट्न उसले शिलाजित र भियग्राका संस्करणमा यौन किन्छ । बजार पसलमा छ्यास्छ्यास्ति पाइने अश्लील भिडियो मोवाइलमा राख्छ हेर्छ र यौनको प्यास बुझाउछ आफुलाइ सन्तुिस्ट पार्छ त्यति मात्र होइन, इसाबगोलको भूमी विना ऊ शौचालय जान सक्दैन । पाखण्डी र शिखण्डीहरूको प्रवचन र भाषणमार्फत् विचार खरिद गर्दछ । कथा उपन्यास पढ्छ अनि साहित्य र सिर्जनाको नक्कल टिपोट गर्छ अनि दिनभर ऊ ‘भोक, निद्रा, यौन, विचार आदि मान्छेका प्राकृतिक, जन्मसिद्ध तथा नैसर्गिक अधिकार हुन्’ भन्ने रायका फेसबुक,टुइटरमा अनेकौँ गफ छाँट्दछ । केहि पैसा कमाउने जम्मा गर्ने आसामा उ आफ्नो रगत पसिना बिदेशि भुमिमा बेच्छ र हातमा पैसा समाउदै क्षणिक आनन्दीत हुन्छ उता उमेर सँगै जवानी बितेकोमा बेखबर रहेको नाटक गर्छ । 

धपधप आगो बलेझै बलेको तातो घाम र पोल्ने जमिनलाइ हेर्ने आँखालाइ कालो चस्माले ढाक्छ र सितल देख्न बाध्य बनाउछँ । मेहिनतको कमाइ बाट केहि रूपैया निकाल्छ ठुलो स्क्रिनवाला फोन खरिद्छ फेसनका कपडा किन्छ र आफुलाइ मोर्डन बनाउछ यसैमा दंग पर्दै बस्छ किनकि उ लाहुरे बनेको छ परदेशियको छ।।।।।। यदि यहाँहरुलाई यो कथा मन पर्यो भने हाम्रो फेसबूक पेज लाई एकचोटी लाइक गर्दिनुहोला, दिनहुँ रमाइला पोष्टहरु हजुरसामु पुराउने बाचा गर्दछौ। मेरो-फोन फेसबुक पेज धन्यवाद

पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।




प्रतिक्रिया दिनुहोस्...