नेपाली सेनाद्वारा बम निष्क्रिय


माइपोखरीमा आज बिहान बेवारिसे अवस्थामा फेला परेको बम नेपाली सेनाको एक टोलीले निष्क्रिय बनाएको छ । घाँस काट्ने क्रममा माइपोखरी–१ मा ३६ एम ग्रिनेट फेला परेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनासाथ कालीध्वज गणका सहसेनानी सुवास केसीको नेतृत्वमा खटिएको टोलीले बम निष्क्रिय पारेका हो । उक्त बम सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही पक्षले छाडेको हुनसक्ने प्रहरी नायव उपरीक्षक अनुपमशम्शेर जबराले बताउनुभयो ।




प्रतिक्रिया दिनुहोस्...