कार्यकर्ताको टाउकामा प्रहरीको लौरो ! नेताहरु कफि पिउँदै समाचार सुन्दै !!


काठमाडौ पुस २९– एमाओवादी नेतृत्वको ३० दल र नेकपा–माओवादीले संयुक्त रुपमा आयोजना गरेको नेवा ताम्सालिङ बन्द गराउन कार्यकर्ता मात्रै सडकमा निस्किए । एकाविहानै चिसोमा राजधानीको कोटेश्वर, चावहिल लगायतका ठाउँमा प्रहरीले लाठीचार्ज गर्दा कत्तिपय घाईते भए भने दर्जनौं कार्यकतालाई प्रहरीले पक्राउ गरिसकेको छ । विहानै प्रहरीले हानेका लौराको तोडमा कार्यकर्ताले नेताहरुलाई फोन गरेर समाचार सुनाए त्यसमा नेताहरुले जवाफ दिए ‘ठीकै छ,मिलाएर गर्नुस् ।’ रातोपाटीको सम्पर्कमा आएका मध्ये धेरै नेताले भने ‘म त घरमै छु,बन्द बारे केही थाहा छैन,’ एमाओवादी श्रोतका अनुसार अध्यक्ष प्रचण्ड दिनभर लाजिम्पाटमै बसे । बाबुराम भट्टराई र नारायणकाजीले पनि आफ्नो निवास छाडेनन् । माओवादीका शीर्ष तीन नेताले वेलुकी सवा पाँच बजे संयुक्त राष्टसंघका उप–महासचिव सँगको भेट तय गरेका छन् । सडकमा कार्यकर्तालाई साथ दिनका लागी माओवादी नेतृ हिसीला यमी, रेणु दाहालसहित दोस्रो तहका केही नेताहरु भने उपस्थित थिए । राजधानीका विभीन्न चोकमा झक्कु सुुवेदी, गंगा श्रेष्ठ, गणेशमान पुन, आरसी शर्मा,कमला रोका लगायतका केही नेताहरु उपस्थित भएपनि अधिकांश ठुला नेता भने कफि पिउँदै समाचार सुन्दै घरमै बसे । आजको बन्दलाई साथ दिएका मल्लके शुन्दर र पदम रत्न तुलाधर पनि सडकमा देखिएनन् । उता माओवादी नेता खिमलाल देवकोटा कोणसभा गर्ने बेलामा बाजालु पुगेका थिए । माओवादीका पोलिटब्युरो र स्थायी कमिटी तहका कुनै पनि नेता सडकमा नस्किेको वेला एमालेवाट माओवादी प्रवेश गरकी लक्की शेर्पा भने सडकमै थिइन् । - See more at: http://www.ratopati.com/2015/01/13/199152.html#sthash.aUV90M9O.5xkPJNMX.dpuf
मधेशी नेतालाई पनि सडक भन्दा घरै प्यारो संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मलित ३० दलीय मोर्चाले आज नेवा–ताम्सालिङ बाहेक थरुहट र मधेश पनि बन्द गराए । बन्द पूर्ण रुपले सफल भएको नेताहरुले दावी गरिरहे पनि मोर्चामा आवद्ध दलका शीर्षस्थ नेताहरु सडकमा देखिएका छैनन् । कुनै कुनै साना दलका अध्यक्षलगायतका शीर्षस्थ नेतामात्रै सडकमा उत्रिए । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार आफ्नो सुरक्षा दास्तासहित १० बजेदेखि आफ्नो पार्टी कार्यालयमा बसिरहे । उनले कार्यालयमा केही कार्यकर्ता तथा पार्टीका पदाधिकारीहरुसँग कुराकानी गरे । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि दिनभर आफ्नो निवास छाडेनन् । उनले निवासबाटै मधेशका जिल्लाहरुमा पार्टीका कार्यकर्ताहरुसँग सम्पर्क गरी आन्दोलनको जानकारी लिए । त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रहरीको स्कर्टिङमा १२ बजे नै भक्तपुरबाट पार्टी कार्यालय सम्म पुगे, र त्यतै बसे । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि घरमा टिभी हेर्दै फेसबुक चलाएर बसे । मधेशका जिल्लामा आन्दोलन कस्तो भइरहेको छ, त्यसबारे बेला–बेलामा जानकारी लिइरहेका महतोले भने ‘ बन्दका दिन बाहिर कतै निस्किन ।’ राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारीले पनि निवासमै बसेर आन्दोलनको मनिटरिङ गरे । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवसँग सम्पर्क गर्दा उनी आफू कोटेश्वरमा रहेको बताए । आफू आन्दोलनकारीसँगै कोटेश्वरमा रहेको बन्दको अवस्था कस्तो रहेको अवलोकन गरिरहेको पनि बताए । त्यस्तै मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले केहिवेर चावहिल क्षेत्रतिरको आन्दोलनको अवस्था हेरेर निवासमै फर्केको जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्...