उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता माधवप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बन्दकर्ताबाट नम्बर नखुलेको एउटा माइक्रोबस तोडफोड भएको छ ।
काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा गरेको बन्दको प्रभाव सामान्य रहेको प्रवक्ता जोशीको भनाइ छ । त्यसैगरी महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तम कार्कीले काठमाडौँमा भित्रिने र बाहिरिने सवारी साधनलाई सुरक्षित स्थानमा पुर्यावएको जानकारी दिए।
उनले बन्दकर्तालाई नियन्त्रणमा लिएर जनधनको क्षति हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको पनि बताए।
उपत्यकाका चोक–चोकमा बसेर बन्दकर्ताले सवारी साधनलाई रोकेका छन्। उपत्यकाका केही स्थानमा बन्दको विरोधमा प्रदर्शन गर्ने प्रयास पनि गरिएको छ। ‘नेपाल खुला छ’ भन्ने उल्लेख भएका प्लेकार्ड सहितका विवेकशील नेपाली पार्टीका कार्यकर्ताले बन्दविरुद्ध प्रदर्शन गरेका थिए।
बन्दकर्ताहरुले साझा यातायातको बा ३ख २२१५ र बा ३ ख २२२६ नम्बरका गाडीमा ढुङ्गा हानेको यातायातका सुपरभाइजर सरोज घिमिरेले राससलाई जानकारी दिए। प्रहरीको अगुवाइमा साझाले आज काठमाडौं उपत्यकामा पाँचवटा बस चलाएको छ। रासस
उपत्यकामा बन्द गराउँदै हिँड्ने ४८ जना पक्राउ
एकीकृत नेकपा (माओवादी) लगायत ३० दलीय मोर्चाको आव्हानमा घोषणा गरिएको बन्दमा राजधानीको नयाँ बानेश्वरमा देखिएको दृश्य। तस्बिर: रासस
काठमाडौं-एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा रहेको ३० दलीय मोर्चा र नेकपा–माओवादीको आह्वानमा बन्द गर्दै हिँडेका ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ।