टिभी प्रस्तोता सुरज र मोडल सहाना हिरासतमा


sahanasurj

काठमाडौं – विज्ञापन एजेन्सी भि चित्राका सञ्चालक हर्षवर्द्धन साहनीलाई ज्यान मार्ने धम्की दिएको र अश्लिल गाली गलौज गरेको आरोपमा टेलिभिजनका प्रस्तोता सुरज गिरी तथा मोडल सहाना बज्राचार्य पक्राउ परेका छन् । उनीहरूलाइ यस आरोपमा छानबिन गर्नका लागी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले उनीहरुलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतमा राखिएको छ । समाचारमा जनाइए अनुसार साहनीको कम्पनीले, विज्ञापनका साथै म्युजिक भिडियोहरू निर्माण गर्ने गरेको छ । करिब दुई महिनादेखि सुरज तथा सहानाले फोन गरेर साहनीलाइ यातना दिएको भन्ने प्रहरीमा उजुरी परेपछि अहिले प्रहरीले उक्त उजुरीका आधारमा अनुसन्धान गर्नका लागी सुरज र सहानालाई पक्राउ गरेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्...