आईएसद्धारा २४ घण्टाभित्र जापानी नागरिकको हत्या गर्ने धम्की


काठमाडौं, माघ १४ । इस्लामिक लडाकु समूह आईएसले आफ्नो नियन्त्रणमा रहेका अर्का जापानी नागरिक केन्जी गोटोको पनि २४ घण्टाभित्र हत्या गर्ने धम्कीसहितको भिडियो सार्वजनिक गरेको छ ।
यसअघि गत आइतवार २० करोड डलर फिरौती रकम नदिएको भन्दै आईएसले जापानी नागरिक हाराना युकावाको हत्या गरेको थियो ।
पेशालेपत्रकार रहेका गोटोको आवाज भएको विश्वास गरिएको भिडियोमा अल कायदा लडाकु अल रिशावीलाई रिहा नगरे आफु  र जोर्डनका पाइलट मोज अल कासास्वेह मारिने बताइएको बीबीसीले जनाएको छ ।
यता जापानी प्रधानमन्त्री शिन्जो आबेले भने आईएसको भिडियोलाई घृणित कार्य भनेका छन् । उनले बन्दीहरुको रिहाईका लागी जोर्डनसँग सल्लाह भैरहेको बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्...