कुनै पनि हालतमा प्रक्रियामा जान नदिने - प्रचण्ड


एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आज पनि संविधानसभा बैठक अवरोध गर्ने र कुनै पनि हालतमा प्रक्रियमा जान नदिने बताएका छन्।
काठमाडौं, माघ ७ - एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आज पनि संविधानसभा बैठक अवरोध गर्ने र कुनै पनि हालतमा प्रक्रियमा जान नदिने बताएका छन् ।


अहिले केही बेर अघि नयाँबानेश्वरको अल्फाबिटा कम्पलेक्समा बिषेश पत्रकार सम्मेल गर्दै प्रचण्डले कुनै पनि हालतमा प्रक्रियामा जान नदिने जानकारी र त्यसका लागी आज बस्ने संविधानसभा बैठक अवरोध गर्ने घोषणा समेत गरे ।


आफू बार्ता तथा सहमतिका लागि जहिले पनि तयार रहेको जानकारी गराउँदै उनले प्रधानमन्त्री सुशील कोइराला सहमतिको बाधक रहेको अभियोग पनि लगाएका छन् ।


पहिलो संविधानसभा चुनावमा पहिलो हुन सफल आफ्नो दल नेकपा माओवादी दोस्र।े चुनावमा केही तत्वहरुको चलखेलका कारण तेस्रे प्रमुख दल हुनु परे पनि बाह्रबुँदे सहमति, अन्तरिम संविधान र शान्ति सम्झौता विपरीत आफ्नो दलले सहमति  नगर्ने जानकारी प्रचण्डले गराए । उनले भने - बाह्रबुँदे सहमति, अन्तरिम संविधान र शान्ति सम्झौता विपरीत सहमति  कदापी हुन सक्दैन ।


सत्तापक्षले पेलेरै जान खोजेका कारण सोमबारको मध्यरातका संविधानसभा अवरोध गर्ने क्रममा केही कमजारी भएको महसुश प्रचण्डले गरे । तर कुर्सी र माइक तोड्ने योजना आफूहरुको नरहेको जानकारी उनले गराए ।





प्रतिक्रिया दिनुहोस्...