नेपाल र नामिबिया मैदानमा, नेपाल तेस्रो जितको खोजीमा


काठमाडौं, माघ ७ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटमा आज

टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय लिएपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रतियोगिताकोतीनमध्ये दुई खेल जितेको नेपाल आज तेस्रो जितको खोजीमा छ ।

नामिबियाले भने सुरुआती तीन खेल जितिसकेकाले नेपाललाई कठीन चुनौती सामना गर्नुपर्नेछ । यो खेल जितेमा नेपाल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिनेछ ।

यसअघि मंगलबारको खेल जित्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिसकेको छ । नेपालले मंगलबार क्यानडालाई ७ विकेटले हराएको थियो ।





प्रतिक्रिया दिनुहोस्...