चरी मारिएपछि डनहरुको भागाभाग


downloadकाठमाडौं,माघ ३ – प्रहरीको इन्काउन्टरमा चर्चित डन ‘चरी’ मारिएपछि र रमेश बाहुन परेपछि काठमाडौंमा राज गर्दै आएका गुन्डा समूह तितरवितर भएका छन् । उनीहरु राजनीतिक आवरणमा विभिन्न व्यवसाय गर्न थालेका छन् । प्रहरीका अनुसार अहिले सुषुप्त अवस्थामा रहेका उनीहरु मौका कुरेर बसेका छन् ।
काठमाडौंमा आ–आफ्नो इलाकामा बाँडेर विभिन्न गुन्डासमूहका नाइकेले राज गर्दै आएका थिए । गुन्डागर्दीविरुद्द प्रहरी आक्रामक बनेपछि उनीहरु सेलाएका हुन् । प्रहरीले चरीलाई मारेपछि गुन्डानाइके त्रसित बनेका छन् । गुन्डानाइकेहरु अहिले पूरानो धन्दा छाडेर छवि सुधार्नतर्फ लागेका छन् । कोही राजनीतिमा सक्रिय भएका छन् भने कसैले आफूलाई व्यापार व्यवसायमा केन्द्रित बनाएका छन् । टोले गुन्डाबाहेक पूराना गुन्डानाइकेले पछिल्ला केही महिनायता धम्क्याउने , रकम असुल्नेजस्ता धन्दा बन्द गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
चर्चित डन मिलन चक्रे पाँच वर्ष जेल परेर गत साउनमा छुटे पनि अहिले गुन्डागर्दीमा उति सक्रिय छैनन् । हङकङ र मकाउ पुगेर फर्केका उनी अहिले आफूविरुद्द कुनै उजुरी नपरे पनि नियमित प्रहरी तारेखमा छन् ।
अर्का डन गणेश लामाको ग्याङ अहिले तितरबितर छ । बानेश्वरलाई आफ्नो एरिया मानेर गुन्डागर्दी गर्ने यो समूह तितरबितर भएपछि गणेश लामाले हिजो आज होटल र हाइड्रोपावरमा लगानी गरेका छन् । उनी विजय गच्छदार नेतृत्वको फोरमको केन्द्रीय सदस्यसमेत हुन् ।
प्रहरीले खोजी गरेपछि अर्का डन कुमार घैंटे अहिले फरार छन् । उनी अधिकांश समय विदेशमै बस्छन् । उनको निर्माण कम्पनी र रेष्टुरेन्टमा पनि लगानी छ । उनी बाहिरै बसेर आफ्ना यी व्यवसाय अगाडि बढाइरहेका छन् ।
राजु गोर्खाली दरबारमार्गमा रेस्टुरेन्ट चलाउँछन् । तर गुन्डागर्दीमा संलग्न उनका केटाहरु भने वरिपरि हुन्छन् । अचेल उनी गुन्डागर्दीमा नलागेको प्रहरी अधिकारीहरु बताउँछन् ।
गत असारमा पक्राउ परेपछि रमेश बाहुनको समूह नै थला परेको छ । जेलमा रहेका बाहुनमाथि प्रहरीले पनि कडा निगरानी राख्दै आएको छ ।
कांग्रेसनिकट डन मीनकृष्ण महर्जन पछिल्लो समय राजनीतिक परिचय बनाउन लागिपरेका छन् । उनी राजनीतिको सागै ढुंगाखानी र ठेक्कापट्टाको व्यवसायमा संलग्न छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।






प्रतिक्रिया दिनुहोस्...