क्याट्रिना कैफलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेपछि हंगामा


भारतमा एक जना पूर्व न्यायाधीशले अभिनेत्री सुन्दरी क्याट्रिना कैफलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेपछि हंगामा भएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा प्रेस परिषदका पूर्व अध्यक्ष मार्कण्डेय काटजूले क्याट्रिनालाई राष्ट्रपति बनाउन सुझाव दिएका हुन् ।


क्याट्रिनालाई राष्ट्रपति बनाएर सपथमा उनको सबै भन्दा हिट गीत 'शीला की जवानी' मा नृत्य गराउनु पर्ने समेत उनले बताएका छन् ।

हेर्नुस् उनले लेखेको लेख


काटजूले आफ्नो ब्लगमा एक लेख लेखेर यस्तो अनौठो प्रस्ताव गरेका हुन् । उनको प्रस्तावले भारतभरी हंगामा भएको छ । उनले क्रोएशियामा सुन्दरी महिला राष्ट्रपतिमा चुनिएको उदाहरण पनि दिएका छन् ।

नेताहरुले चन्द्रामा ल्याउने कुरा गरेपनि जनतालाई केही नदिने भएका कारण आफू सुन्दरी अभिनेत्रीलाई राष्ट्रपति बनाउने पक्षमा रहेको उनको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्...