भाइ मारेर पुजारी बनेका कृष्ण २५ वर्षपछि समातिए


अर्घाखाँची : भाइको हत्या गरेर फरार रहेका अर्घाका कृष्णप्रसाद मरासिनीलाई २५ वर्षपछि गुल्मीको रिडीको ऋषिकेश मन्दिरबाट प्रहरीले पक्राउ गरेको छ। 
 
उनी त्यहीं मन्दिरमा पुजारीको रुपमा काम गर्दै आएको प्रहरीले बताएको छ। अर्घाखाँची जिल्ला अदालतले ज्यान उद्योगमा २० वर्षे जेल सजाय सुनाएको थियो। २५ वर्ष पछि आज उनी पक्राउ परेका हुन्। 


२०३७ सालमा अर्घाखाँचीको अर्घा गाविस वाड न. ६ हाल सन्धिखर्क नगरपालिका १३ घर भएका आफनै भाइ टुल्कप्र्रसाद मरासिनीको हत्या गरी फरार रहेका कृष्ण प्रसादलाई विशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो। 
 
जिल्ला प्रहरी कार्यलय नायव उपरीक्षक दीपेन्द्र जिसीका अनुसार फरार रहेका मरासिनी पाँच वर्षदेखि मन्दिरमा पुजारीका रूपमा प्रवेश गरेका थिए। अपराधको मुद्दामा कसुर ठहर भएर जेल सजाय तोकिएका अभियुक्त मन्दिर प्रवेश गरी कसरी पुजारी बने भन्नेबारेमा अनुसन्धान भइरहेको छ। 





प्रतिक्रिया दिनुहोस्...