आज खत्तरको संग्केत् !!


संविधानसभाको आजको बैठक झनै मुठभेडमय हुने खतरा देखिएको छ । समाध्यक्ष सुवास नेम्बाङले संविधान लेखनलाई प्रक्रियामा अघि बढाउन प्रश्नावलीका लागि आफै प्रस्ताव राख्ने तयारी गरेपछि यस्तो मुठभेड झनै कडा हुने संकेत देखिएको हो ।
 एमाओवादीका नेताहरुले सभाध्यक्ष आफैले प्रस्ताव राख्न खोजे कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिइसकेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले त्यस्तो प्रयासले मुठभेड तर्फ लैजाने चेतावनी दोहोर्‍याइरहेका छन् ।

 यस अघि नै नारावाजी र तनावको थलो बनिरहेको संविधानसभा आइतबार झनै कडा मुठभेडमा जान सक्ने देखिएको छ । अध्यक्षले प्रस्ताव राखेमा त्यसको प्रतिबाद गर्न भन्दै विपक्षी मोर्चाका दलहरुले तयारी गरिरहेका छन् । १ बजे शुरु हुने भनिएको बैठक भिडन्तको थलो बन्न सक्ने आँकलन गरिएको छ ।

 संभावित तनावलाई मध्यनजर गर्दै संविधानसभा भवन भित्र र बाहिर परिसरमा समेत सुरक्षा ब्यवस्था कडा तुल्याइएको छ । विपक्षी मोर्चाले माघ ८ को पूर्व सन्ध्यामा संविधानसभा भित्र तोडफोड गरेको थियो भने त्यस पछि निरन्तर संविधानसभा बैठक नारावाजी गरेर अवरोध गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्...