सरकारले जमिन खोसेपछि किसानले आफैलाई जिउँदै जलाए..(तस्विर सहित)


३ माघ,एजेन्सी । चीनमा एक किसानले आफूलाइ व्यस्त सडकमा आगो लगाएर जलाएका छन्। स्थानिय सरकारले आफ्नो जग्गा हडपेर त्यस वापतको रकम नदिएपछि उनले आफूलाइ जिउँदै जलाएर आत्महत्याको प्रयास गरेका हुन्।


४५ वर्षिय किसान कियाङ युआन स्थानिय सरकारले सडक विस्तारका लागि जग्गा लिएर मुआब्जा निदिँदा निराश र क्रोधित थिए ।

स्थानिय सरकारी निकायको कार्यलय अगाडी नै शरिरमा तेल खन्याएर उनले आगो लगाएका थिए। आगोले शरिर जलिरहँदा समेत उनको शरिरमा हलचल देखिएको थिएन।


७० प्रतिशत भन्दा बढि शरिर जलिसकेको अवस्थामा उनलाइ उद्धार गरेर अस्पताल लगिएको थियो। स्थानिय सरकारले उनलाई नुआब्जाको वाचा गरेर सडक विस्तारका उनको जमिन लिएको थियो। महिनौ सम्म पनि उनले त्यसवापतको रकम पाएनन। उनले पटक पटक सरकारी कार्यालय धाए। उनले गरेका फोन समेत स्थानिय सरकारी अधिकारीहरुले पन्छाउन थालेका थिए ।




प्रतिक्रिया दिनुहोस्...