आधा खेलको समाप्तिमा नेपालको उच्च प्रदर्शन


काठमाडौं, माघ ३ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ आजदेखि नामिबियामा सुरु भएको छ ।
कप्तान पारस खड्काले कसिलो बलिङ गरेसँगै युगान्डाले खुलेर ब्याटिङ गर्न सकेकोछैन । युगान्डाले ५३ रन जोड्दा सुरुआतका ४ विकेट गुमाएको थियो ।



नेपाली टोलीले यसअघि दक्षिण अफ्रिकामा पहिलोपटक तीन अभ्यास खेल खेलेको थियो । तीव्र गतिका बलर करन केसीले ‘डेब्यु’ गरेको आजको खेलमा बाँकी अनुहार पुरानै हुन् ।

राम्रो तयारीका साथ नामिबिया पुगेको नेपाल एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो फड्को मार्ने अभियानमा छ । कप्तान खड्काले तयारी राम्रो भएकाले उपाधि जितेरै नेपाल फर्किन खेलाडीहरु आतुर रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतियोगितामा नेपाल र युगान्डासँगै नामिबिया, केन्या, नेदरल्यान्ड्स र क्यानडा छन् ।




प्रतिक्रिया दिनुहोस्...