एक नेपाली लाई यूएईमा ब्रेन क्यान्सर भएपछि….
बैदेशिक रोजगारीका लागि संयुक्त अरब एमिरेट्स यूएईको आबुधाबीमा पुगेका एक नेपाली युवक निरन्तर मूत्युसंग जुधिरहेका छन्। कामका लागि दुई बर्ष अघिमात्रै आबुधाबीमा रहेको नेशनल कर्पोरेसन फर टुरिजम एन्ड होटलमा कार्यरत सल्यान दर्मकोटका कमल चन्द यतिबेला युएईको अल ऐनमा रहेको अस्पतालमा ब्रेन क्यान्सरका कारण मृत्युसँग जुधिरहेका हुन्।
एक महिना पहिले स्वास्थ्य समस्या देखिएपछि चन्दलाई आबुधाबीमा रहेको अल नुर हस्पिटल लगिएको थियो । उपचार सम्भव नभएको भन्दै उनलाई आबुधाबीको खालिफा सिटी अस्पतालमा पछि लगिएको थियो । अस्पतालले चन्दलाई ब्रेन क्यान्सर लागेको प्रमाणित गरीसकेको छ । खालिफा सिटी अस्पतालले ब्रेन क्यान्सरको पुष्टी गर्दै थप उपचारका लागि चन्दलाई क्यान्सर उपचारका लागि यूएईकै ठुलो र सुविधा सम्पन्न तवाम हस्पिटल अलऐनमा रिफर गरिएकोले हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ। क्यान्सर उपचारका लागि युएईकै ठुलो तवाम अस्पतालमा उपचार्थ भर्ना गरिएका चन्दको उपचार अहिले रेडियोथेरापी पद्धती अनुसार टोमोथेरापी भैरहेको र निरन्तर छ हप्तासम्म चन्दको उपचार गरीरहनु पर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको उपचारको लागी रोजगार दाता कम्पनी र कम्पनीसँग कामदारको बिमा सम्झौता गरेको कम्पनीले मिलेर सहयोग गरीरहेका छन् । कम्पनी राम्रै भएकोले कम्पनीले राम्रो अस्पताल मात्र पुराएको छैन बिरामीलाई हेर्न एक जना नेपाली सुसारे समेत खटाएको जनाइएको छ । हाल उनको स्वास्थ्य स्थिती नाजुक रहेको र दैनिक कम्पनीमा काम गर्न सक्ने अवस्था नभएकोले आश्रित परिवारको समेत गर्जो टार्न समस्या भएकोले सहयोगका लागी पहल गरीदिन उनलाई अस्पतालमै भेट्न पुगेका अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूएईका च्याप्टरका अध्यक्ष मोहराज शर्मासँग चन्दले सहयोग जुटाइदिन आग्रह गरेको जनाउनु भएको छ । चितवन मेघौलीका महेश गौतमका अनुसारसोही अस्पतालमा अन्य दुई जना नेपाली पनि मृत्युसँग लडिरहेका छन् । एक नेपाली पुरुष फोक्सोको क्यान्सर र महिला घाँटीको क्यान्सरको उपचार गराइरहेको छन् ।