निर्देशकसँग सुतेपछि हिट हुन समय लाग्दैन
चलचित्र क्षेत्र भन्ने बित्तिकै अभिभावकले जिब्रो टोक्छन् । त्यहाँ त केटा र केटी सँगै सुत्नु पर्छ, उठ्नु पर्छ, सँगै नाच्नु पर्छ, सँगै लुगा खोल्नु पर्छ र सँग सँगै के के समात्नु पर्छ त्यो क्षेत्र ठिक छैन ।
यस्तै एउटा तथ्यलाई एक नायिकाले सार्वजनिक गरेकी छन् । जहाँ एक जना निर्देशकले आफूसँग यौन सम्पर्क गर्न मिल्ने गरी सुते तीन महिनामा नेपालकै टप नायिका बनाइदिने आश्वास समेत दिएको ति नायिकाले सार्वजनिक गरेकी छन् ।
आफ्नो फेसबुक पेज मार्फत यस्तो तथ्य सार्वजनिक गरेकी नव नायिका आयुष राई आफूलाई निर्देक मुनाल शिशिर कोइरालाले यौन प्रस्ताव गरेको प्रष्ट रुपमा फेसबुकमै लेख्न तयार भइन ।
नव नायिका राईले यस अघि ‘बिर्खेलाई चिन्छस्’ चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन । यिनै नव नायिकालाई निर्देशक कोइरालाले यौन प्रस्ताव गरेको आयुषाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेसँगै चलचित्र क्षेत्रमा तहल्का मच्चिएको छ ।
टप नायिका हुन निर्देशक सँग फिलिङ्गमा सुत्नुपर्ने सर्त निर्देशक कोइरालाले राखेको नायिका राईले फेसबुक बाट सार्वजनिक गरिन । फेसबुक स्टाटसमामा निर्देशक कोइरालाले यौन प्रस्ताव राख्नुसँगै के के भनेका थिए भन्ने कुरा समेत राईले सार्वजनिक गरेकी छन् ।
यता निर्देशक कोइरालाले भने आफूले त्यस्तो विषयमा कुनै नगरेको बताएकी छन् । उता आयुषाले भने फेसबुक म्यासेज बक्समा समेत कोइरालाले यौन प्रस्ताव गरेको च्याट समेत सार्वजनिक गरेकी छन् ।
नायिका राईले आफूले सचेत गराउन मात्र अगाडि नै यस्तो कुरा सार्वजनिक गरेको समेत बताएकी छन् । नत्र पुलिस ल्याएर उसलाई नाङ्गेझार पारेर उसको बेइजत गर्न समेत अफूले सक्ने समेत बताउँदै पुन फेसबुक स्टाटस अप्डेड समेत गरेकी छन् ।
आफ्नो स्टाटसबाट ठूलो समाचार बनेको प्रति खुशी हुँदै नायिका राईले नयाँ बहिनी सचेत बनुन भनेर यस्तो कुरा सार्वजनिक गरेको समेत उल्लेख गरेकी छन् ।
निर्देशक कोइरालाले समेत एक तर्फी कुरा सुनेर समाचार नबनाउन आग्रह गर्दै अनलाइनमा आएका समाचारले आफूलाई दुखि बनाएको बताउदै स्टाटस अप्डेट गरेका छन् ।