फेसबुक ह्याक गरिएको खुलासा


 सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम मंगलबार दिउसो एक घण्टा डाउन हुनुको कारण ह्याकिङ भएको डेली मेलले जनाएको छ । अनलाइन समूह लिजार्ड स्क्वाडले फेसबुक र इन्स्टाग्राम ह्याक गरेको जिम्मेवारी लिएको उक्त समाचार माध्यमले जनाएको छ ।



नेपाली समय अनुसार मध्यान्न १२ बजे देखि करिव १ बजे सम्म फेसबुक बन्द भएको थियो । दुवै सामाजिक सञ्जालले साइट डाउन हुनुको कारण सार्वजनिक गरेका छैनन् ।

संसारभरी फेसबुक बन्द गराएको दावी गर्दै उक्त अनलाइन समूहले ह्याकिङको जिम्मेवारी लिएको हो ।

फेसबुक र इन्स्टाग्रामले सइाटमा समस्या आएकाले आफूहरुले काम गरिरहेको बताएका थिए तर किन साइट डाउन भयो भनेका थिएनन् ।

गत सेप्टेम्बर सम्मको तथ्याङ्क अनुसार फेसबुकमा १ अर्व २५ करोड सक्रिय प्रयोगकर्ता छन् भने इन्स्टाग्राममा ३०० मिलियन प्रयोगकर्ता छन् ।





प्रतिक्रिया दिनुहोस्...