आमालाई छुरा हानेर छोरी भगाउने पक्राउ


माघ १३ -आमालाई छुरा हानेर छोरी भगाएका तीन युवकलाई पक्राउ गर्न सिरहा प्रहरी सफल भएको छ ।

सिरहाको गोलबजार नगरपालिका–८ की मीनादेवी साहमाथि छुरा हानेर उनकी  १४ वर्षीया छोरी ममताकुमारी साहलाई लिएर भागेका तीन युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ का महेन्द्र साह, सुरेश यादव र हकपारा गाविसका पप्पु दास रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

उनका अनुसार पाँच/सात जनाको समूहमा यही माघ ९ गते बेलुका गोलबजार–८ स्थित घरमै पुगेर मीनादेवीलाई छुरा हानेर उनकी  छोरी ममतालाई भगाएका थिए । पक्राउ परेका तीनै जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए ।

छुरा प्रहारबाट घाइते ममताकी आमा मीनादेवीको उपचार गोलबजार अस्पतालमा सम्भव नहुँदा विराटनगर लगिएको छ । विराटनगरस्थित न्यूरो अस्पतालमा मीनादेवीको उपचार भइरहेको छ ।

उनको  गालामा छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्...