एकै परिवारका सबै सन्तान दृष्टिविहीन


धादिङको खाल्टे गाउँ विकास समितिको एक परिवारका सबै सन्तान दृष्टिविहीन भएपछि उनीहरुको परिवारलाई समस्या पर्दै आएको छ । परिवारका सबै सदस्य दृष्टिविहीन भएपछि आपूmहरु बिचल्लीमा परेको खाल्टे गाविसको डाँडागाउँका विनोद ग्यामी मगरले बताए । सामान्य परिवारका ३५ वर्षीय विनोद मगरका तीनजना बालबच्चा सबै दृष्टिविहीन छन् । १५ वर्षीया छोरी बिना, १४ र १२ वर्षका छोरा रोशन र सुजन सबै दृष्टिविहीन हुन् भने बिना मगर र रोशन त बोल्न पनि सक्दैनन् । तीनवटै सन्तानको यस्तो अवस्था भएपछि कमजोर आर्थिक स्थिति भएको मगर परिवारले सहयोगका लागि अनुरोध गरेको छ । सामान्य होटल चलाएर जीविका चलाउँदै आएका मगर परिवारलाई अहिले आफ्नो बालबच्चाको भविष्यको चिन्ताले सताइरहेको छ । आफ्नो हात खुट्टा चलुन्जेलसम्म त लालनपालन गरौँला तर आपूmहरुले काम गर्न नसक्दा के गर्ने होला भन्ने कुराले आपूmहरुलाई सताइरहेको मगर दम्पतीले गुनासो गरे । यसैगरी, कल्लेरी गाउँ विकास समितिका राम लक्ष्मण रेग्मी परिवारको अवस्था पनि उस्तै छ । एकै घरका चारजना सदस्य दृष्टिविहीन छन् भने दुईजना शारीरिक रुपमा अपाङ्गसमेत रहेका छन् । उनीहरुले आफ्नो बच्चाको शिक्षाका लागि सरकारलाई सहयोग गर्नसमेत आग्रह गरेका छन् । सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम र विभिन्न सङ्घसंस्थाले गर्ने नाम मात्रका कार्यक्रमले उनीहरुलाई कुनै प्रभाव पार्न नसकेको दृष्टिविहीन परिवारले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्...