भारतले आज ६६औं गणतन्त्र दिवस मनाउँदै, प्रमुख अतिथि ओबामा


काठमाडौं, माघ १२ । अमेरिकी राष्ट्रपति बराक ओबामाले आज (सोमबार) भारतको ६६औं गणतन्त्र दिवसको प्रमुख आतिथ्यता गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमन्त्रणमा गणतन्त्र दिवसको प्रमुख आतिथ्यता ग्रहण गर्न आइतबार ओबामा नयाँ दिल्ली आएका हुन् ।

ओबामाको आतिथ्यताका लागि भारतले विशेष तयारी गरेको छ भने सुरक्षा व्यवस्था पनि अत्यन्तै कडा बनाइएकोछ । कुनैपनि अमेरिकी राष्ट्रपतिले भारतीय गणतन्त्र दिवसमा सहभागिता जनाएको यो पहिलो अवसर हो ।

यसअघि, आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्धिपक्षीय वार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओबामाले भारत र अमेरिका स्वाभाविक सहयोगी भएको बताएका थिए ।

दुई मुलुकबीच व्यापाारिक लगानी बृद्धि गरिने भन्दै ओबामाले अमेरिका भारतसँग परमाणु सम्झौताका लागि अघि बढ्न तयार रहेको उल्लेख गरे । (एजेन्सी) 





प्रतिक्रिया दिनुहोस्...