भारतद्धारा नेपाललाई २० ओटा एम्बुलेन्स र ४ ओटा बस प्रदान


काठमाडौं, माघ १२ । भारतको ६६औंं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न कार्यक्रम गरेको छ । दूतावास परिसरमा सोमबार गरिएको कार्यक्रममा भारत सरकारले नेपालका १९ जिल्लाका अस्पताल, स्वास्थ्यचौकी र शैक्षिक संस्थालाई २० ओटा एम्बुलेन्स र ४ ओटा बस प्रदान गरेको छ । त्यसैगरी, ७५ ओटा पुस्तकालयलाई पुस्तक प्रदान गरिएको छ । />नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको झन्डा फहराइ भारतका राष्ट्रपति प्रणव मुखर्जीको सन्देश पढेर सुनाएका थिए । उनले भारत र नेपालका जनताको आपसी मित्रता अझ बलियो हुने विश्वास व्यक्त गर्दै शान्ति, स्थायित्व र छिमेकीको विकासमा जोड दिएका थिए । कार्यक्रममा भारतीय सेनाका भूपू सैनिकका विधवा, आश्रित तथा शारीरिक रुपले अशक्त भूपू सैनिकलाई आर्थिक सहयोगसमेत गरिएको थियो । भारत सरकारले हालसम्म ७३ जिल्लाका विभिन्न संघ–संस्थालाई ४ सय ६२ ओटा एम्बुलेन्स, ९० ओटा बस प्रदान गरिसकेको छ । -




प्रतिक्रिया दिनुहोस्...