नेपाल डिभिजन १ मा बढुवा, औपचारिक घोषणा हुन बाँकी


शनिबार नामिबियामा सम्पन्न आईसीसी विश्व लिग डिभिजन २ मा नेपालले पछिल्लो चरणमा अप्रत्याशीत हार भोग्दै सम्भावित सबै उपलब्धिबाट बन्चित भएर डिभिजन २ मै रहे पनि नेपाली राष्ट्रिय टोलीले डिभिजन १ को प्रतियोगिता खेल्न पाउने भएको छ । नामिबियामा शनिबार सम्पन्न डिभिजन २ मा नेपाल चौथो हुँदै हैसियत जोगाउन सफल भएको नेपालसंगै तेस्रो भएको केन्या पनि बढुवा भएको र यसको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको समाचार सूत्रको दावी छ । ६ टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो । आइसिसीले भने तेस्रो भएको केन्या र चौथो स्थानमा रहेको नेपाललाई पनि डिभिजन १ हैसियतको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न मौका दिने तयारी गरिरहेको छ । बुधबार र बिहीबार दुबईमा हुने आइसिसी कार्यसमिति बैठकले यससम्बन्धी औपचारिक निर्णय गर्ने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई उद्धृत गर्दै नेपाल क्रिकेट संघ ९क्यान०ले बतायो । शीर्ष दुई टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउने प्रावधान थियो । विश्वकप छनोटको अन्तिम चरणमा पनि डिभिजन १ मा उक्लिने दुई टोलीलाई मात्र मौका दिने योजना थियो । तर, आइसिसीले भने डिभिजन २ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा विश्वकप छनोटमा खेलाउने सोच बनाएको स्रोत बताउँछ । समाचार सूत्रका अनुसार प्रशिक्षक पुदुबुले नेपाललाई विश्व क्रिकेट लिग डिभिजन १ खेल्न छानिएको छ, आइसिसी बैठकले अर्को साता औपचारिक निर्णय लिने जानकारी पाउनुभएको छ ।




प्रतिक्रिया दिनुहोस्...