यी कारणहरूले पुरूषहरूको वीर्य घटने गर्दछ ,जानिराख्नुस



biryakoकाठमाडौं । हालै गरिएको एक अनुसन्धानमा पुरूषहरूमा वीर्य घटनुको पछाडी एकदमै आश्चर्यजनक कारणको खोजी गरिएको छ ।
ब्रिटेनको फूड स्ट्याण्डर्ड एजेन्सीले गरेको आफ्नो अनुसन्धानका आधारमा यो कुरा मानिएको छ कि बाइस्फेनोल ए (बीपीए) नामको एक केमिकलको सम्पर्कका कारण पुरुषहरूमा वीर्य घट्न सक्ने देखिएको छ ।
अनुसन्धानकर्ताहरूले दावी गरे अनुसार पानीको बोतल र प्लास्टिकका भाँडाहरूमा हुने बीपीए नामको केमिकल वीर्यसंग जोडिएको समस्याहरूको एउटा प्रमुख कारण हुन सक्ने देखिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार बीपीए एक प्रकार को एन्डोक्राइन डिसरप्टर हो जसले शरीरमा हर्मोनको परिवर्तनलाइ प्रभावित गर्दछ र यो नै फर्टिलिटी सम्बन्धी समस्याहरूको एउटा कारण हुन सक्दछ ।
अनुसन्धानमा यो पनि पाइएको छ कि यस केमिकलको सम्पर्कबाट फर्टिलिटी मात्र प्रभवित हुने नभै यसले डाइबेटीज, मोटोपन तथा क्यान्सर जस्ता समस्याहरूको कारण पनि हुन सक्दछ ।
यूरोपीयन देशहरूमा बच्चाहरूको सामानमा यस्ता बस्तुहरू प्रयोग गर्न मनाही गरिएको छ । अनुसन्धानकर्ताहरूले विगत ५० बर्षहरूको तथ्याङ्कको आधारमा यो पनि भनेका छन कि बीपीए को सम्पर्कबाट वीर्यको संख्या र यसको गुणस्तरमा समेत निकै गिरावट देखिएको छ ।यो अनुसन्धान पीएलओएस जर्नलमा प्रकाशित गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्...