पुत्ला जलाउँदा नेम्वाङ विरामी


 संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ विरामी परेका छन् । विरामी भएपछि कार्यालय सयममै सिंहदरवार पुग्ने अध्यक्ष नेम्वाङ आज सिंहदरवार पनि गएका छैनन् । उनलाई पेट दुख्ने समस्यामा देखिएको नेम्वाङको सचिवालयले जनाएको छ ।

हल्का पेट दुख्ने र ज्वरो आउने समस्या देखिए पछि नेम्वाङले आफ्नै निवास बालुवाटारमा आराम गरिरहेको सचिवालयको भनाई छ ।

विरोध र दवाव थेग्न नसकेर नेम्वाङ विरामी परेको हुन सक्ने श्रोतको भनाई छ ।

उनी दलहरुको चर्को विरोध थेग्न सक्दैनन् । तर विधि र प्रकृया, लोकतान्त्रिक मूल्य मान्यता विपरित एकीकृत माओवादी सहितका दलहरुले नेम्वाङकको चर्को आलोचना गर्दै देशव्यापी विरोध र पुत्ला दहन गरिरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्...