एक व्यक्तिको ३९ श्रीमती ,१२७ छोराछोरी



संगै जिउने र मर्ने भनि भगवान सम्झेर कसम खाएर बिवाह गरेपछि मानिसहरु अर्को बिवाह गर्न डराउछन |कसैले दोस्रो बिवाह गर्छन ,त्यो छुट्टै कुरा हो तर भारतमा एक जना त्यस्ता मानिस छन जसले आज सम्म ३९ वटा महिला संग बिवाह गरेका छन |



सुन्दा यो कुरा पत्याउन सकिदैन तर यो साचो कुरा हो |उनका सन्तम मात्रै १२७ जना छन |मिजोरमको अजवालस्थित भक्तवाल गाउँका स्थानीय जातीय नेता समेत रहेका जिओनघाका चानाको परिवारप्रति राजनीतिकर्मीहरुको पनि विशेष चासो छ । किन भने उनको परिवारमा सबैभन्दा बढी मतदाता छन् ।उनीहरुले काठका भाँडा कुँडा बनाएर जिविकोपार्जन गर्छन् ।



उनको घरमा आफ्नै नियम र अनुसासन छ सबैले त्यो नियमको पालना गर्नुपर्दछ |घरकी जेठी श्रीमतीले घरका सबै जनाको काम भाग लगाउछिन र सबैले त्यहि अनुसार काम गर्नुपर्छ |भाडा माझ्ने ,लुगा धुने र खान बनाउने काम सबैले पलाई पालो गर्ने गर्दछन |




प्रतिक्रिया दिनुहोस्...