एमाओवादी महिला सभासदको संवेदनशिल अंग एमाओवादीकै पुरुष सभासदले समाएको खुलासा!


काठमाडौं। एकीकृत माओवादीसहित विपक्षी दलका सभासदले मर्यादा पालकले संविधानसभाभित्र आफूहरुमाथि दुव्र्यवहार गरेको भन्दै आरोप लगाएका बेला नयाँ तस्विर सार्वजनिक भएको छ। उनीहरुले शुक्रबार संविधानसभा भवन नयाँबानेश्वरमा सभाध्यक्ष सुवास नेम्वाङलाई भेटी त्यसबारे सामूहिक रुपमा ध्यानाकर्षण गराए पनि तस्विरले भने फरक कुरा वयान गरेको छ। महिला सभासदका साथमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पनि नेम्वाङलाई भेट्न गएका थिए।


त्यस क्रममा महिला सभासदले संविधानसभा बैठक अवरुद्ध गर्ने क्रममा पुरुष मर्यादापालकले आफूहरुको संवेदनशील अंगमा हाल लगाएको भन्दै त्यस्ता मर्यादापालकमाथि कारबाही गर्न सधाध्यक्षको ध्यानाकर्षण गराएका थिए। एमाओवादी सभासद रुपा महर्जन, राधिका तामाङले आफूहरुले राखेको विषयलाई सभाध्यक्षले गम्भीर रुपमा नलिएको आरोप लगाइन्।

एमाओवादी सभासदहरुबाट औपचारिक आरोप लगाउनुअघी चर्चा गराइएको यो प्रसङगमा नेम्वाङले उनीहरुले ध्यानाकर्षण गराउनुअघी बुझ्नुभएको संसद सचिवालय स्रोतले जनाएको छ। तर तस्विरहरु र दृश्यमा भीडमा एमाओवादी सहितका विपक्षी सभासदहरुले एकले अर्कालाई सहयोग गर्दा महिला सभासदहरुको संवेदनशील अंगमा छोएको देखिएको थियो। ट्राइपोड, क्यामेरा, कुर्सी भाच्ने क्रममा केहि धक्का मुक्का भएपनि आरोप लगाएको जस्तो अवस्था नरहेको देखिएपछि सो आरोपमा गम्भिरता नदेखाइएको वताइएको छ।




प्रतिक्रिया दिनुहोस्...