पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो


काठमाडौं, माघ ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्नेक्रममा आइतबार बिहान १० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । निगमको नयाँ मूल्यअनुसार अब प्रतिलिटर पेट्रोलको१ सय ११ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने घटाइएको छैन ।

निगमले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्दै आएको छ । 





प्रतिक्रिया दिनुहोस्...