नेपालद्वारा नेदरल्याण्ड २ विकेटले पराजित



आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले आइतबार भएको आफ्नो दोस्रो खेलमा बलियो प्रितिद्वन्द्वी नेदरल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ ।

नेदरल्याण्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १५८ रन बनायो ।

नेपाली बलरहरु हावी भएको खेलमा प्रतियोगिताको बलियो टोली नेदरल्याण्ड सुरुबाटै दबाव आएको थियो । ५४ रन जोड्दा ५ विकेट गुमाएको नेदरल्याण्डको पारी स्टफेन र मिचेल रिप्पोनले सम्हाल्ने प्रयास गरे । उनीहरुले अर्धशतकीय साझेदारी गरे । नेपालका कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीले समान २-२ विकेट लिए ।





प्रतिक्रिया दिनुहोस्...