फेसबुकमा च्याट गर्दा अब टाइप गर्नु नपर्ने


जापान डट कम सम्बाददाता-
Facebook audio chatफेसबुकमा च्याट गर्दा अब टाइप नगर्दा पनि हुने भएको छ | फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि अब नयाँ एप सार्वजनिक गर्ने भएको छ जसले बोलेको कुरालाई टेक्टमा रुपान्तरण गरी तपाईको साथीसमक्ष तपाईको सन्देश पुर्याउनेछ |
फेसबुक म्यासेन्जरमा अब तपाईले साथीहरुलाई अडियोमा म्यासेज पठाउँन सक्नुहुनेछ जुन तपाईको साथीले शब्दमा प्राप्त गर्नेछन् । यसका लागि तपाईले म्यासेन्जरको ‘माइक्रोफोन’ को आइकनमा क्लिक गर्नुपर्नेछ ।
केहि समयपछि सार्वजनिक हुने यो फिचरको अहिले परीक्षण जारी रहेको जनाइएको छ । फेसबुकका डेभिड मार्कसले आफ्नो एक आधिकारिक पोस्टमार्फत यसको बारेमा जानकारी गराएका हुन् ।






प्रतिक्रिया दिनुहोस्...