फेसबुक म्यासेन्जरमा अब तपाईले साथीहरुलाई अडियोमा म्यासेज पठाउँन सक्नुहुनेछ जुन तपाईको साथीले शब्दमा प्राप्त गर्नेछन् । यसका लागि तपाईले म्यासेन्जरको ‘माइक्रोफोन’ को आइकनमा क्लिक गर्नुपर्नेछ ।
केहि समयपछि सार्वजनिक हुने यो फिचरको अहिले परीक्षण जारी रहेको जनाइएको छ । फेसबुकका डेभिड मार्कसले आफ्नो एक आधिकारिक पोस्टमार्फत यसको बारेमा जानकारी गराएका हुन् ।
