प्रचण्डलाई लाग्ने भो झड्का,गच्छदारले मोर्चा छाड्ने संकेत


beejyaजनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमाओवादी नेतृत्वको मोर्चा छाड्ने सक्ने संकेत देखिएको छ । पार्टीको बैठकमा अध्यक्ष गच्छदारले मोर्चामा आफूलाई लक्षित गरी टिक्का टिप्पणी हुने गरेको खुलासा गर्नु भएको छ । सोहि कारण आफुलाई पार्टीमा बस्न मन नभएको धारणा उहाँले बैठकमा राख्नु भएको स्रोतको भनाई छ ।
मार्चाको बैठकहरुमा मधेशका नेताहरुले व्यग्यं गरी होच्याउने गरेको गुनासो अध्यक्ष गच्छदारको छ । त्यस्ता नेताको भीडमा आफूलाई बस्न मन नलागेका धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
आफूले मधेश र देशकै हितका लागि ठूला दलका नेताहरुलाई भेट्को उहाको भनाई छ । त्यसमा केही स्वार्थ नलुकेको उहाँले स्पष्ठ पार्नुभयो । ‘सहमति र सहकार्यका लागि भेट्दैमा पहाड त खस्दैनन नि तर अनावश्यक व्यंग्य गरिरहेका हुन्छन् ।’यस्तो किन हो ?उहाले प्रश्न गर्नुभयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीको नामै लिएर सो कुराहरु पार्टीमा उहाँले भन्नु भएको हो । मोर्चालाई आज यो स्थानमा पुर्याउन आफुले अहम भुमिका निभाएको उहाँको भनाई छ ।
केही समयअघि शीर्ष नेताहरुको बैठकमा आफूले प्रस्तुत गरेको प्रस्तावलाई अस्वीकार गरेकोमा पनि गच्छदारले असन्तुष्टि प्रकट गर्नुभएको छ । ३० दलीय मोर्चामा ३० वटा भिन्न भिन्न विचार छन्, कसैले कसैलाई स्वीकार्ने पक्षमा नरहेको भन्दै त्यहाँ बस्ने इच्छा नभएको उहाँले बताउनुभयो ।
अहिलेको अवस्थामा मोर्चा छाडियो भने नराम्रो सन्देश जाने भएकाले मोर्चा नछाड्ने बरु त्यही संघर्ष गर्ने र मधेश र देशका हितमा हुने हरेक गतिविधिमा सहभागि हुने अरु नेताहरुको सुझाव दिएको स्रोतले बताएको छ । सानेपास्थित पार्टी कार्यालयमा अहिले बैठक जारी छ । उहाँले गरेको प्रस्तावको विषयमा आज कुनै निर्णय हुने स्रोतको भनाई छ ।





प्रतिक्रिया दिनुहोस्...