बेरोजगार युवा संघले भन्यो–‘बन्द उद्योग खोल’


काठमाडौं, माघ १६ । बेरोजगार युवा संघ नेपालले बन्द उद्योग सन्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संघको प्रथम काठमाडौं जिल्ला सम्मेलनले बन्द उद्योग खुल्ला गर्न र प्रत्यक्ष बिक्री प्रणाली लागू गराउन माग गरेको हो । स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न माग राखेर युवाहरुले बेरोजगार युवा संघ नेपाल गठन गरी दबाब थालेका हुन् ।

सम्मेलनमासहभागीहरुले स्वदेशमै स्रोत–साधनको अधिकतम् उपयोग गरेर रोजगारीको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।





प्रतिक्रिया दिनुहोस्...