श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरे


रोल्पा : भरुवा बन्दुक प्रहारबाट रोल्पामा श्रीमानले आफ्नै जीवन संगीनीको हत्या गरेका छन् । ह्वामा–८ ह्वामा गाउँका ३३ वर्षीय श्यामकुमार बाँठामगरले शुक्रबार दिउँसो गोली हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरुवा बन्दुकको बारुद लागेर ३२ वर्षीय श्रीमती जसमिता वाँठामगरको हत्या गरेका श्यामलाई गाउँलेले समातेर प्रहरीलाई खवर गरेका हुन् ।


 प्रहरी नायव उपरिक्षक नविनराज राईका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । घतनास्थल सदरमुकाम लिबाङबाट तीन घण्टा पैडल पुग्न सकिन्छ । ‘बन्दुकले हानेर पत्नीको हत्या गरेकाले समातेर राखेको खबर आएपछि तत्काल प्रहरी घतनास्थल गएको थियो ।’,


प्रनाउ राईले भने, ‘सइ जिवराज थापाको नेतृत्वमा प्रहरी गाउँ पुगेको हो ।’ प्रहरी वेलुका करिव ७ वजे गाउँ पुगेको हो । छिमेकीका अनुसार श्यामले आफ्नै दाजुको घरमा पत्नीलाई गोली हानेका थिए । ‘घरभित्र बन्दुकको  आवाज आएको सुनें ।’

गोठालो गएका छिमेकीले भने, ‘गाई घरमा वाँधेर वुझ्न जाँदा श्रीमतीको हत्या गरेको थाहा भयो ।’ प्रत्यक्ष्यदर्शिका अनुसार श्रीमतीको दाँया कोखामा गोली लागेको छ । उनको घतनास्थलमै मृत्यु भएको हो ।

बेलावेलामा  श्रीमतीसगँ झगडा गर्ने र कुटपिट गर्ने गरेको गाउँले वताउछन् । प्रत्यक्षदर्शीका अनुसार केही दिन अघि श्रीमती, छोरा र छोरीलाई कुटपिट गरेपछि उनीहरु जेठाजुको घरमा वस्दै आएका थिए । श्यामका दिदीकी छोरी (भान्जी) को विवाह भएकाले उनको दाजुको घर जन्त आएका थिए ।

दाजुको घरमा जन्त भएकै वेला उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले घतनास्थलको मुचुल्का उठाई शव परिक्षणका लागि जिल्ला अस्पताल ल्याएको छ ।  हत्यारा श्रीमान प्रहरी नियन्त्रणमा रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्...