एअर एसिया विमान खोजीः समुद्रभित्र ‘दुई ठूला वस्तु भेटिए’


काठमाडौं, पौष १९ । एअर एसियाको दुर्घटनाग्रस्त विमान ‘क्यूजेड ८५०१’ को भग्नावशेषको खोजीमा जुटेका टोलीले जाभा समुन्द्रभित्र दुईओटा ठूला वस्तु भेट्टाएका छन् ।

इन्डोनेसियाका खोज एवं बचाव एजेन्सीका प्रमुख व्याङव्याङ सोइविस्तयोले ३० मिटर पानीभित्र भेट्टाइएका उक्त वस्तुको तस्वीर लिन रिमोटद्धारा सन्चालित यन्त्रलाई जाभा समुन्द्रमा पठाइएकोजनाएका छन् । तर, खराब मौसम र समुद्री लहरका कारण खोजी अभियान प्रभावित भएको छ ।

आइतबार १ सय ६२ यात्रुलाई बोकेर उडेको उक्त विमान सुराबायाबाट सिंगापुर उड्दै गर्दा जाभा समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म समुद्रबाट ३० ओटा शव निकालिएको छ । शवको खोजी जारी रहेको जनाइएको छ । (एजेन्सी)






प्रतिक्रिया दिनुहोस्...