टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिता (भिडियो)


काठमाडौं, पौष २६ । रोटरी क्लब अफ रुद्रमति काठमाडौंले विभिन्न रोट्रयाक्ट क्लबसँग मिलेर काठमाडौंको टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिताको आयोजना गरेको छ ।

मुगुको हितबडा गाविसका दुई सय महिलाहरुलाई निःशुल्क मोबाइल उपलब्ध गराउने उद्देश्यले पुराना मोबाइल संकलन गर्नेक्रममा यो प्रतियोगिताको आयोजना गरिएको हो  । प्रतियोगिताको उद्घाटन गर्दैशनिबार उद्योगमन्त्री महेश बस्नेतले आफ्नो एउटा पुरानो मोबाइल दिएर प्रतियोगितामा सहभागी भए ।

प्रतियोगिताबाट संकलन भएको पुरानो मोबाइलहरु बिक्री गरी मुगुका महिलाहरुलाई इन्टेक्स कम्पनीको नयाँ मोबाइल उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिला, पुरुष र बालबालिका गरी तीन विधा छुट्याइएको छ । तीनै विधामा सबैभन्दा टाढासम्म मोबाइल फ्याँकेर प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई क्रमशः इन्टेक कम्पनीको १४ हजार, १० हजार र ७ हजार रुपैयाँसम्म पर्ने मोबाइल पुरस्कारस्वरुप प्रदान गरिनेछ ।





प्रतिक्रिया दिनुहोस्...