७७ वर्षका मन्त्रीले गरे २४ वर्षीया नर्ससँग विवाह


नयाँ दिल्ली, माघ ४ – भारतको मणिपुर राज्यका ७७ वर्षीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री फुंग्झथांग तोनसिङले शुक्रबार २४ वर्षीया नर्स थांगैया सांगसँगको विवाहका कारण निकै चर्चित भएका छन् ।  हिन्दुस्तान टाइम्सका अनुसार तोनसिङ र सांगले चर्चमा एक समारोहका बिच एक–अर्कालाई जीवनसाथीको रुपमा स्विकार गरेका छन् । यो विवाह समारोहमा मुख्यमन्त्री ओकराम इबोबी सिंह र अरु विशिष्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो । तोनसिङको यो दोस्रो विवाह हो र उनकी दुलही उनीभन्दा ५३ वर्षले कान्छी छिन् । उनका पाँच सन्तान छन् र उनकी पहिलो श्रीमतीको सन् २०११ अप्रिलमा मृत्यु भएको थियो । गत नोभेम्बरमा बंगलादेशका ६७ वर्षीय रेलवे मन्त्री मुजीबुल हकले २९ वर्षीय होनुफ अख्तर रिक्तासँग विवाह गरेर चर्चा बटुल्न सफल भएका थियो ।





प्रतिक्रिया दिनुहोस्...