यो कस्तो बाध्यता ! स्कुल पोशाकमा नै भाँडा माझ्दै


बागलुङ, माघ ४– बागलुङ बजारको राधाकृष्ण टोलमा अवस्थित एक मिठाइ पसलमा विद्यालय पोशाकमै भाँडा माझ्दै गरेका १३ वर्षीय बालक सुनील राना ।

गुल्मी शान्तिपुरका घर भएका उनी मजदुरी गर्ने बुबासँगै बागलुङ बजारमा बस्छन् । बिहान–बेलुका मिठाइ पसलमा भाँडा माझ्ने लगायतका काम गरि आएको पैसाले उनी आफ्नो पढाइको खर्च जोहो गर्छन् । विद्यालयले दिने दिउँसाको छुट्टिमा पनि उनी पसलमा काम गर्न आइपुग्छन् । उनि भन्छन्, ‘काम नगरि त खान नि पाइन् बुबाले मजदुरी गरेर कमाएको पैसाले मात्र पुग्दैन् घरमा पनि हेर्न पर्यो ।’




प्रतिक्रिया दिनुहोस्...