काठमाडौं, पौष २९ । ‘देश र जनताको जनजीवन बर्बाद पार्ने बन्द’ गरेकामा विभिन्न राजनीतिक दल, उद्योगी–व्यवसायी तथा नागरिक समाजका अगुवाले बन्दकर्ताको आलोचना गरेका छन् ।
रिपोटर्स् क्लबले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनीहरुले बन्दबाट कसैलाई लाभ नहुने भन्दै यस्ता बन्द सधैंका लागि रोक्न सुझाएका हुन् ।
नागरिक समाजकाअगुवा डा. सुन्दरमणि दीक्षितले तत्काल बन्द रोकेर माघ ८ मा संविधान जारी नगरे जनताले पाठ सिकाउने चेतावनी दिए ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले बन्दका कारण उद्योगी–व्यवसायीहरु विस्थापित हुने अवस्था आएको भन्दै तत्काल संक्षिप्त भएपनि संविधान ल्याएर निकास दिन आग्रह गरे ।
यस्तै, एकीकृत माओवादीका नेता अग्नि सापकोटाले भने बन्द फिर्ता नलिने र बहुमतका आधारमा संविधान ल्याउन नदिने भन्दै उस्तै परे बम–बारुदसमेत प्रयोग गर्ने धम्की दिए ।
कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने माओवादी आत्मघाती बाटोमा हिँडेको आरोप लगाए ।
यस्तै, उद्योगमन्त्री महेश बस्नेतले भने ‘क्रान्तिका केही शब्द भट्टयाउनु माओवादीको अन्तिम समयको छटपटाहट’ मात्र भएको जिकिर गरे ।
बम–बारुद फोड्न सक्छौं : सापकोटा, माओवादी आत्मघाती बाटोमा : महत (भिडियोसहित)