गुणकारी लसुन, प्रयोग एक फाईदा अनेक



मान्साहारी र साकाहारी दुवै भान्सामा प्रयोगहुने मसलाका परिकारको एक अभिन्न अंग लसुन हामीले थाहै नपाई एक अत्यन्तै लाभदायक र गुणी सरदाम हो भन्ने कुरा हामी धेरैलाई थाहा नहुन सक्छ । गुणकारी लसुनको प्रयोगले हुने फाईदाहरु के के रहेछ त, जानी राखौं :

- बिहान खाली पेटमा एक केस्रा लसुन एक गिलास पानीसँग खाएमा ग्यस्टिक रोगमा फाईदा मिल्छ ।

- गानो गएको बेला एक केस्रा लसुन तातो पानीसित खाएमा फाइदा मिल्छ ।

- ज्वरो आएको वेला लसुन खाने तेलमा डढाएर त्यो तेल पिए लाभ हुन्छ ।

- मुटु रोगीले लसुनको सेवन गर्नु लाभदायक हुन्छ ।

- शरिर सुनिएकोमा लसुन हालेर पकाएको तेलले मालिस गर्दा सुनिएको कम हुन्छ ।


- भित्री नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ गर्दछ ।

-लसुनको प्रयोगले गठिया वात पनि निको पार्छ ।

- टाउको दुखेको बेला दुवै कनपारामा लसुन पिसेर लगाएको खण्डमा पीडा केही बेरमै हराएर जान्छ ।

- जिब्रो सुनिएमा लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ । 





प्रतिक्रिया दिनुहोस्...