माघ ८ मा संविधान जारी नभए खासै फरक पर्दैन : बाबुराम


काठमाडौं, माघ १ । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले आगामी माघ ८ मा संविधान जारी हुन नसके पनि खासै फरक नपर्ने भन्दै केही ढिलो गरेरै भएपनि सर्वमान्य संविधान ल्याउनुपर्ने बताएका छन् ।

बसन्तबहादुर बागचन्दले लेखेको ‘विमार्जन’ नामक पुस्तकको विहीबार काठमाडौंमा विमोचन गर्दै भट्टराईले केही समय लिएरै भएपनि सबैका हक, अधिकारलाईसुनश्चित गर्नेगरी संविधान बनाउनुपर्ने धारणा राखे ।

नयाँ संविधानले दलित तथा जनजातिलाई विशेष अधिकार दिने उनको दाबी थियो ।





प्रतिक्रिया दिनुहोस्...