भैसीलाई आफ्नो सिङ कहिले भारी हुदैन-सम्झना बुढाथोकी


कुनै जमानामा लोकगीतको म्युजिक भिडियोमा सम्झना बुधधोकी अनिवार्य जस्तै हुने गरेकी थिईन तर आजभोलि उनको कार्य अलि पातलिएको छ|उनलाई आफ्नै शरीरले नृत्यमा ओरालो लगाईरहेको छ |

उनको नृत्य गर्न सक्ने क्षमतालाई सबैले खुलेर प्रसंसा गर्ने गरेका छन तर उनको अप्रत्यासित रुपमा मोटाएको शरीरले भने उनलाई अलि घत नै लगाएको छ |कुनै जमाना लोकदोहोरीमा शंकर बिसीको जोडीको रुपमा निकै रुचाएको उनको जोडी आज भोलि त्यति देख्न पाइदैन |सम्झना आज नि उतिकै नाच्न सक्छिन |मोटाएर नाच्न नसक्ने हैन म पहिले जतिकै नाच्न सक्छु ,तर शरीर मोटाएको कारण त्यति मौका नपाएको हो ,उनले भनिन -भैसीलाइ आफ्नो सिङ्ग कहिले भरि हुदैन |आफ्नो शरीर जस्तो भएनी नाच्न मजाले सक्ने बताउदै उनले आफुलाई अरुले चिन्न नसक्ने गरि मोटाएको पनि अनुभूति भएको बताएकी छन | अहिले आफ्नै व्यवसायमा व्यस्त छिन् । उनी हिजोआज पाँच वर्षदेखि चलिरहेको ‘ल्यान्ड अफ ड्रिम्स’ नृत्य प्रशिक्षक केन्द्रमा व्यस्त छिन् । त्यसमा उनले सम्झना बुटिक पनि थपेकी छन् । औपचारिक कार्यक्रममा भेट्दा शुभचिन्तकको मायाले मोटाएको बताउने उनि अहिले ५० केजी बाट ७० केजी पुगेकी छन |




प्रतिक्रिया दिनुहोस्...